चितवन,
मंसिर २-तोकिएको समयमा माओबादी लडाकुको समायोजन प्रक्रिया टुङो लगाउने गरी प्रमुख शिविरमा पुगेको सर्वेक्षण टोलीले आजबाट पूर्नवर्गिकरण प्रक्रिया सुरु गर्दैछ ।बर्गिकरणका लागि खटिएका टोली देशभरीका सात मुख्य शिविरमा पुगिसकेका छन् ।

त्यस्तै नवलपरासीमा रहेको चौथो डिभिजन शिविरमा पनि आजैबाट काम सुरु भएको छ । इलाममा रहेको माओवादी लडाकुको प्रथम डिभिजन अन्तर्गतका लडाकुहरुको पुनवर्गिकरण प्रक्रिया भने भोलिबाट मात्रै सुरु हुने भएको छ । विशेष समितिका सदस्य शम्भुनाथ शिम्खडाको नेतृत्वमा २४ सदस्यीय टोली हिजो नै इलाम पुगेपनि टोलीका लागि खाने बस्ने व्यवस्था र अन्य प्रक्रिया पुरा गर्न समय लाग्ने भएकाले वर्गिकरण प्रक्रिया भोलीवाट सुरु हुने भएको हो ।
त्यस्तै अन्य शिविरमा पनि लडाकुको पुर्नवर्गिकरणको कार्य सुरुहुने हाम्रा सहकर्मिहरुले जनाएको छ ।यसैविच कालिकोटमा अनमिनको प्रमाणीकरणमा परि घर फर्केका माओवादी सेना तथा कार्यकर्ता पुनः शिविरमा फर्कने क्रम बढेको छ । माओवादी लडाकू समायोजनका लागि प्रमुखदलहरु बिच भएको सात बुँदे सहमति अनुसार लडाकुहरुको इच्छा बुझेर समायोजन, पुनस्र्थापना वा स्वेच्छिक अवसकास रोज्नेको छुट्टाछुट्टै विवरण तयार पार्ने भएपछि लडाकुहरु पुन शिविर तिर फर्किने क्रम बढेको हो ।