Responsive Ad Slot

latest

‘वन पार्टी टु सिस्टम ’ I

Saturday, March 24

/ by Admin BHOLA THAPA

कपिल ज्ञवाली
बुटवल ११ चैत । एकिकृत नेकपा माओबादीका स्थायी कमिटि सदस्य नेत्र बिक्रम चन्द बिप्लबले क्रान्ती नटुंगिए सम्म आफ्नो पार्टी भित्र वन पार्टी टु सिस्टम भैरहने बताउनुभएको छ । पार्टीभित्र बिचारको बिभेद रहेको स्विकार्दै उहाले पार्टी अध्यक्ष लगायतले केन्द्रिय समितिको निर्णय कार्यान्वर्यन नगरेकोमा रोष प्रकट गर्नुभयो ।

कार्यकर्ता प्रशिक्षणका लागि बुटवल आएका चन्दले आज बुटवलमा रिर्पाेटर्स क्लवद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफ्नै पार्टी भित्रै मिलनबिन्दुुको कुनै संभावना नदेखेको तर्क गर्नुभयो । उहाले महासचिबलाई थाहै नदिई अध्यक्षले आब्हान गरेको मंगलबारकोे केन्द्रिय कमिटिको बैठक आधिकारिक हुन नसक्ने बताउनुभयो ।

अहिलेको सरकारले जनताको भाबना अनुसार काम गर्न नसकेकाले सहमतिको नया सरकार आबश्यक रहेकोमा जोड दिनुभयो ।आफ्नै दलको नेतृत्वमा रहेको सरकारको किन बिरोध गर्नुहुन्छ ?भन्ने पत्रकारको जिज्ञासामा उहाले आफ्नो पार्टी केहि नंया प्रयोग मात्र भएको जिकिर गर्नुभयो । जेठ १४ मा जनताको संबिधान नबन्ने ठोकुवा गर्दै नेता बिप्लवले जेठ १४ पछि मुलुक नया राजनीतिक संकटमा धकेलिने बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI