latest

क्षेत्री समाज भानु–२ गोठेरीद्वारा चण्डिका बालगृहलाई सामग्री सहयोग ।

Wednesday, December 31

/ by Admin BHOLA THAPA

भानु खबर  ।

क्षेत्री समाज भानु–२ गोठेरीले वार्षिक खर्च कटाएर भानु नगरपालिका–७ बसन्तपुर (चन्दनी)स्थित चण्डिका बालगृहलाई सामग्री सहयोग गरेको छ।

चण्डिका लाल अमर प्राथमिक विद्यालयको ५७औँ वार्षिकोत्सव तथा अभिभावक भेलाको अवसरमा आयोजित कार्यक्रममा बालगृहमा आश्रित अनाथ बालबालिकाका लागि कम्बल, तन्ना, कपडा, स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको हो।

समाजका अध्यक्ष गोविन्दबहादुर थापाले अनाथ बालबालिकाको भविष्य उज्यालो बनाउने उद्देश्यले गुठीको खाजा खर्च कटाएर सहयोग गरिएको बताए।


बालगृहका सञ्चालक अमरसिंह गुरुङका अनुसार हाल बालगृहमा १६ जना अनाथ बालबालिका रहेका छन्। उनीहरूको संरक्षणका लागि २ जना कर्मचारी खटिएका छन् भने बालगृह सञ्चालनका लागि मासिक ८० हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ।

८३ वर्षको उमेरमा पनि अनाथ बालबालिकाको भविष्य निर्माणमा आफू समर्पित रहेको उल्लेख गर्दै गुरुङले भविष्यमा कसैले संस्था जिम्मा लिएर सञ्चालन गरे विदेशमा रहेका आफ्ना छोरा–छोरीहरूले वार्षिक १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए।

-राजेश कार्कीको सहयोगमा 


Don't Miss
© all rights reserved
made with by netKUTI