-क्षेत्र नं १ र २ बाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सार्वजनिक
तनहुँ । नेपाली कम्युनिस्ट पार्टी तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
पार्टीले प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ नेता विद्या ढकाल, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष सुक्र चुमान, युवातर्फ रामहरि बजगाईं, महिलातर्फ कोपिला पोख्रेल तथा नारायणबहादुर कार्की क्षेत्रीलाई सिफारिस गरेको छ।
यसैगरी, प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ विनिसा आले, विकास नेपाली, शंकर पोख्रेल, सोमबहादुर थापा र भूपाल थापालाई सिफारिस गरिएको जिल्ला इञ्चार्ज सूर्यबहादुर गौलीले जानकारी दिनुभयो।
पार्टीले समानुपातिकतर्फ पनि उम्मेदवार सिफारिस गरेको जनाएको छ।
सिफारिस सूचीमा :गीता शाही, मीना अधिकारी, कलिला खान, जौमाया बराल सुनार, देवचन्द्र अधिकारी, रामबहादुर थापा, कुलबहादुर गुरुङ, सोमबहादुर नेपाली, सिताराम घले र लक्ष्मी पण्डित रहेका छन्।
