Responsive Ad Slot

latest

राहतका लागि नाम दर्ता गर्न शान्ति समितिमा घुइँचो, अधिकांश गैर द्वन्द्वपीडित I

Friday, December 23

/ by Admin BHOLA THAPA

सरिता ज्ञवाली
कपिलवस्तु पुस ८- शान्ति तथा पुनःनिर्माण मन्त्रालय कपिलवस्तुले द्वन्द्व पीडितका लागि राहत उपलब्ध गराउन निवेदन आह्वान गरेको छ । सशस्त्र द्वन्द्वको क्रममा मृत्यु भएका, बेपत्ता, अपहरण, गिरफ्तार, घाईते अंगभंग, सम्पत्ति क्षति भएकाहरुका लागि राहत उपलब्ध गराउन निवेदन आह्वान गरिएको हो । हिजोसम्म करीब ३ सय भन्दा बढी निवेदन शान्ति समितिमा दर्ता भएको शान्ति समितिकी कम्प्युटर अप्रेटर सन्ध्या पौडेलले जानकारी दिनुभयो ।

दर्ता भएका फारममध्ये अधिकांश गैरद्वन्द्वपीडितहरु रहेका छन् । गैर द्वन्द्वपीडितले गाविसवाट धमाधम सिफारिस बनाउँदै फारम दर्ता गरेको पाइएकोे छ । गाविस सचिवहरुले जाँचबुझ विना मागे जतिलाई सिफारिस गरेपछि गैर द्वन्द्वपीडितले समेत फारम दर्ता गरेको श्रोतको दावी छ । विगतमा करीव १ हजार ८ सय द्वन्द्व पीडितले ५ हजारदेखि ३५ हजारसम्म र ७० जना भन्दा बढीले ५० हजार देखि ५ लाख सम्म क्षतिको मूल्याङ्कन अनुसारको राहत पाएपछि अहिले थपिएको म्यादमा नाम दर्ता गराउनेको समितिमा घुइँचो लागेको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI