बेनी
पुस ८ - सिंगा गाउं विकास समितिका सर्वसाधारणहरुले बेनी–तातोपानी सडकखण्ड कालोपत्र गर्न माग गरेका छन् । सदरमुकाम बेनीसँग जोडिएको गाविस भएपनि विकास निर्माणको प्रक्रियामा पछाडि रहेको भन्दै उनीहरुले ६ किलोमिटर उक्त सडक कालोपत्र गर्न माग गरेका हुन् ।
बेनी– दरबाङ्ग सडकखण्ड अन्र्तगत पर्ने उक्त क्षेत्रमा जिल्ला विकास समिति र ग्रामिण पूर्वाधार तथा जीविर्कोपार्जनका लागि विकास कार्यक्रम (ड्रिलिप) ले सँयुक्त रुपमा मर्मत सम्भारको काम गदै आएको छ । सडक कालोपत्र नहुँदा स्थानियलाई धेरै समस्या भईरहेको स्थानीय समाजसेवी बिना खड्काले बताउनुभयो ।