Responsive Ad Slot

latest

सुनार हत्याको चौतर्फी विरोध I

Friday, December 23

/ by Admin BHOLA THAPA


कालिकोट
पुस ८- कालिकोटका दलित मान बहादुर सुनारको हत्यारालाई कार्वाहिको माग गर्दै बैतडीका दलित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय बैतडी अगाडी धर्ना दिएका छन् । सुनारका हत्यारालाई कडा कार्वाही गर्नुपर्ने तथा छुवाछुत ऐनको पूर्ण कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन अगाडी धर्ना दिएका हुन् ।

अझै पनि दलित समुदायले लोकतान्त्रिक गणतन्त्रको प्रत्याभूति नगरेको भन्दै सरकारको समेत कडा आलोचना गरेका छन् । सुनारका हत्यारलाई कार्वाहिको माग गर्दै आजै जिल्ला प्रशासन कार्यालय बैतडी मार्फत् प्रधानमन्त्रीलाइ ज्ञापनपत्र समेत बुझाइएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI