बैतडी
पुस ८-बैतडी जिल्लाको गुरुखोला गाविसका स्थानियबासिन्दाहरु आफ्नै सक्रियतामा सडक निर्माण कार्यमा जुटेका छन् । गुरुखोला गाविस वडा न २ कलौनका किसानहरु सडक निर्माण कार्यमा सक्रिय भएका हुन् । जनश्रमदानबाटै आफ्नो गाउँमा सडक पु¥याउने लक्ष्यका साथ सडक निर्माणमा लागेको स्थानियबासिन्दाहरुले बताएका छन् । सिन्केलेक हटैराज सडकखण्डबाट कलौन गाउँसम्म कृषि सडक पु¥याउन आफै सहभागी भएर निर्माण कार्यमा जुटेको कृषि सडक निर्माण समितिका संयोजक हरिदत्त भट्टले बताउनुभएको छ ।
स्थानिय निकाय तथा कुनै सङ्घ सस्थाको सहयोगविना कृषि सडक निर्माण कार्यमा लागेका गुरुखोला कलौनका स्थानियहरु हर्षित भएर काममा लागेको स्थानिय शिक्षक मदन खत्रीले बताउनुभएको छ । तत्काल कलौन गाउँमा सडक पु¥याउने लक्ष्य राखेका स्थानियहरुले कलौन हुँदै गुरुखोलाको दयौमाडा तथा श्रीकोटको खोचेलेकसम्म पु¥याउने गरि सडक निर्माण कार्यमा जुटेको स्थानिय उद्धव थापाले बताउनुभयो । आफ्नो गाउँमा यातायातको साधन पुगाउन आफै काममा जुटेका स्थानियबासिहरुले सहयोगका लागि जिल्ला विकास समिति, गाविसलगायत संघसस्थासँग सहयोगका लागि आग्रहसमेत गरेका छन् ।