दाङ
पुस ८-दाङ जिल्लाकै सबैभन्दा ठूलो सिचाई आयोजनाको मुहान वरपरबाट अनियन्त्रित रुपमा दिनहँु सैयौं ट्रिप ढुङ्गाजन्य पदार्थ निकासी रोक्न प्रशासन मौन रहेको भन्दै स्थानीयबासिन्दाले आज जिल्ला प्रशासन कार्यालय दाङमा फेरि ज्ञापनपत्र बुझाएका छन् ।
देउखुरीको चार हजार पाँच सय हेक्टर जमिन सिँचाई हँुदै आएको प्रगन्ना कुलो सिचाई आयोजनाको मुहान क्षेत्रबाट अनियन्त्रित रुपले ढुङ्गा जन्य पदार्थको निकासी नरोकिएको भन्दै चारओटै प्रगन्नाका अगुवाहरुले प्रशासन समक्ष ज्ञापनपत्र बबुझाएका हुन् । यसअघि स्थानीयबासिन्दाले प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्मालाई ज्ञापनपत्र बुझाई निकासी रोक्न आग्रह गरेका थिए ।