सर्लाही
पुस ८-केही हप्ता यता बढ्दै गएको जाडोका कारण कष्टकर बनेको तराईको जनजीवन आज न्यानो घाम लागेपछि सामान्य बनेको छ । बिहान चिसो हुस्सु लागे तापनि दिउँसोबाट पारिलो घाम लागेपछि सर्लाहीलगायतको जनजीवन सामान्य बनेको हो । दुई तीन दिन यता दिउँसो दिउँसो घाम लाग्ने गरेपछि तराईबासीले केही राहत महसुस गर्न पाएका छन् ।
घाम लागेपछि सडक बजारमा मानिसहरुको चहलपहल बढेको छ ।