Responsive Ad Slot

latest

विद्यार्थीको अपहरणमा संलग्न ४ जना प्रहरीको फन्दामा I

Friday, December 23

/ by Admin BHOLA THAPA

बर्दिबास
पुस ८
बर्दिबासबाट विद्यार्थीको अपहरण गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । मङ्सीर २२ गते बर्दिवासको विद्यार्थी कृष्णकुमार महतोलाई अपहरण गरेको आरोपमा प्रहरीले महोत्तरी किसाननगरका राम पुकारसिंह, भोरिल महतो, प्रदीप कुमार सिंह र राम किशोर सिंहलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बर्दिवासले आज सार्वजनिक गरेको हो । 

अपहरित महतो पुस १ गते भारतको मधुवनी बलबा चरोटबाट १० लाख फिरौती बुझाई अपहरण मुक्त भएको थियो । घटनामा संलग्न रहेको अन्यलाई खोजी कार्य तीब्र रूपले भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । 

पीडित कृष्णकुमार महत्तोका बाबु जन्नुलाल महत्तोले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI