Responsive Ad Slot

latest

बाँकेका सात वटा छोटी भन्सार सञ्चालनमा नआउँदा दैनिक लाखौ राजस्व चुहावट I

Friday, December 23

/ by Admin BHOLA THAPA

बाँके
पुस ८-सशस्त्र द्वन्द्वकालमा बम विष्फोट हुँदा र असुरक्षाका कारण बन्द भएका बाँकेका सात वटा छोटी भन्सार कार्यालयहरु सञ्चालनमा नआउँदा बर्सेनि करोडाँै राजस्व चुहावट भएको छ । एउटा भन्सारमा दैनिक डेढ लाखसम्म राजस्व सङ्कलन हुने छोटी भन्सारमध्ये ७ वटामा दैनिक १० लाखभन्दा बढी राजस्व चुहावट भएको हो ।

जिल्लाका नरैनापुर छोटी भन्सार, भंघाटना छोटी भन्सार, खडैचा छोटी भन्सार, उडरापुर छोटी भन्सार, साईगाउ छोटी भन्सार, सुईया बघौडा छोटी भन्सार र भगवानपुर छोटी भन्सार बन्द भएको एक दशक पुग्दासम्म पुनस्र्थापना हुन सकेको छैन । छोटी भन्सार सञ्चालनमा नआउँदा भारतीय क्षेत्रबाट बाँके जिल्लामा अवैध सामान निर्यात तथा चोरी निकासी कार्यमा तीब्रता आएको भन्सार आसपासका नागरिकले बताएका छन् ।

अर्थ मन्त्रालयले एक हजारभन्दा माथिको सामानमा भन्सार लगाउन भन्सार कार्यालयलाई ताकेता गरेपछि मुल भन्सार कार्यालय छोडी बन्द रहेका छोटी भन्सारबाट व्यापरी तथा व्यवसायीले सामान ल्याउँदै आएका छन् । छोटी भन्सारबाट विना भन्सार अवैध तथा भन्सार छली सामान बाँके जिल्ला भित्रँदा अन्य व्यापारी तथा व्यवसायी मारमा परेकोे नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनिलकुमार शर्माले बताउनुभयो । नेपालगञ्ज भन्सार कार्यालय बाँकेका प्रमुख भन्सार अधिकृत पुरुषोत्तमप्रसाद श्रेष्ठले भने ४ वटा छोटी भन्सार राप्ती क्षेत्रमा र ३ वटा पश्चिम क्षेत्रमा रहेको जानकारी गराउदै विभागबाट आवश्यक दरबन्दी कर्मचारी खटाएकोले सञ्चालनका लागि मानसिक तयारीमा रहेको बताउनुभयो ।

प्रमुख श्रेष्ठका अनुसार एक छोटी भन्सारमा ४ जना कर्मचारी चाहिन्छ, अहिले नेपालगञ्ज मुल भन्सारमा पर्याप्त दरबन्दी रहेको छ । बन्द भएका छोटी भन्सार नाकाबाट बढी मात्रामा मोटरसाईकल, साईकल, टाँगा लगायत माध्यमबाट सामान नेपाल भित्राउने गरिन्छ । अवैधरुपमा बढी मात्रामा चोरी निकासी हुने सामानहरुमा खाद्यान्न, माछामासु, ईलेक्ट्रोनिक्स सामग्री, रासायनिक मल र तयारी पोशाकहरु छन् ।


Don't Miss
© all rights reserved
made with by netKUTI