रौतहट,
पुस ८-रौतहटको उत्तरी भेगमा रहेको चन्द्रनिगाहपुर गाविसको विभिन्न वडाबाट लामो समयदेखि विद्युत् चोरी हुंँदै आएको मोटर तथा तार नेपाल विद्युत् प्राधिकरण प्रशाखा कार्यालय चन्द्रनिगाहपुरले बरामद गरेको छ । विद्युत प्राधिकरण शाखा कार्यालय प्रमुख भगवान देव चौधरीको नेतृत्व तथा सशस्त्र वेस क्याम्प सन्तपुर तथा प्रहरी चौकी सन्तपुरको टोलीले चन्द्रनिगाहपुर गाविसका विभिन्न वडामा विद्युत् चोरी भएको स्थानमा छापा मारी मोटर तथा तार बरामद गरेको हो । चन्द्रनिगाहपुर गाविसका वडा नं ९ स्थित वेल्डी, राजपेडा, चिडियादहमा छापा मार्दा अवैध किसिमले विद्युत् चोरी गरिएको अवस्थामा सात वटा मोटर तथा एक क्विन्टल तार बरामद भएको छ । ती क्षेत्रमा
हुकिंग गरि विद्युत् चुहावट भैरहेकोे गुनासो आएपछि छापा मार्दा करिव एक लाख मूल्य बराबरको सामान बरामद भएको विद्युत् प्राधिकरणका प्राविधिक विरेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।