Responsive Ad Slot

latest

तनहुँ उधोग वाणिज्य संघ अन्तर्गत दुलेगौंडा बजार इकाईको आठौँ अधिवेशन सम्पन्न I

Friday, December 23

/ by Admin BHOLA THAPA

करिम बख्श मियाँ
दुलेगौडा,
पुस ८-तनहुँ उधोग वाणिज्य संघ अन्तर्गत दुलेगौंडा बजार इकाईको आठौँ अधिवेशन सम्पन्न भएको छ। दुई दिनसम्म चलेको उक्त अधिवेशनले बिमल प्रसाद रिमालको सभापतित्वमा नौ सदस्सीय नयाँ कार्य समिति चयन गरेको छ।
पौष ५ गतेदेखि शुरु भएको अधिवेशन पहिलो दिन खुल्ला तथा बन्द शत्र सहित समापन भएको थियो भने दोस्रो दिन निर्वाचन प्रक्रियाबाट नयाँ कार्य समिति छनौट गरी सम्पन्न भहेको थियो। दुलेगौंडा इकाईको स्थापनाकालदेखि सर्व(सम्मत प्रक्रियाबाटै कार्य समितिहरु छनौट हुँदै आएको भएतापनि आठौँ अधिवेशनसम्म आई पुग्दा भने नयाँ कार्य समिति निर्वाचन प्रक्रियाबाट छनौट हुन पुगेको हो। एनेकपा माओवादी र नेकपा एमाले समर्थित व्यवसायीहरुको गठवन्धन भएकोले अहिलेको निर्वाचन सर्व(सम्मत हुन नसकेको हो। स्थापना कालदेखी नेपाली काँग्रेस समर्थित व्यवसायीको पकडमा रहेको इकाई
यसपाला गठवन्धनले तोड्न पुगेको छ । गठवन्धनमा एमाले समर्थित व्यवसायी बिमल प्रसाद रिमालको नेतृत्वमा उपसभापति पदका माओवादी समर्थित काजीराम कार्की,कोषाध्यक्ष पदका उमेद्वार एमाले निकट पदम कुमार श्रेष्ठ,त्यसै गरी
एमाले निकटका जिल्ला प्रतिधिनी उमेदवार आनन्दसुन्दर श्रेष्ठ रहेका थिए।काँग्रेस समर्थित उमेदवारहरुको नेतृत्व इकाईका निवर्तमान सभापति पदम राज लम्साल९शंकर०त्यसै गरी उप(सभापति पदका उमेदवार विष्णु बहादुर महत,कोषाध्यक्षमा विष्णु प्रसाद श्रेष्ठ,जिल्ला प्रतिनीधिमा श्रीमती रोजिना खातुन रहेका थिए लामो समय बजारबासी तथा नागरिक समाजका अगुवाहरुले सर्व सम्मतको प्रयाश गरेपनि अन्ततस् निर्वाचन प्रक्रियामा जानु परेको थियो ।कूल मतदाता संख्या २७६ रहेपनि २४३ मत खसेको उक्त प्रक्रियामा सभापतिमा बिमल प्रसाद रिमाल निकटतम प्रतिद्वन्दीलाई ३३मतले पछी पार्दै बिजयी भएका छन भने उपसभापतिमा काजीराम श्रेष्ठले २४ मतले जितेका छन, कोषाध्यक्षमा विष्णु प्रसाद गौतमले ३० मतको अन्तरले जितेका छन, जिल्ला प्रतिनिधिमा आनन्दसुन्दर श्रेष्ठले २२ मतको अन्तरमा बिजयी भएका छन्। त्यसैगरी छ जना सदस्यहरुमा हरिलाल
रिमाल९एमाले०,मित्रवंधु पौडेल९माओवादी०,बसन्त लालचन९माओवादी०,चन्द्र कुमार श्रेष्ठ९काँग्रेस०,दिर्घ बहादुर थापा ९एमाले० र नरायण कुमार श्रेष्ठ९एमाले० निकटका व्यवसायी बिजयी भएका छन ।

Don't Miss
© all rights reserved
made with by netKUTI