Responsive Ad Slot

latest

निरूतासंग रातेकाईलाको १ सय २० सेकेण्ड I

Friday, December 23

/ by Admin BHOLA THAPA
पछिल्लो समय निरूता सिंहका तीन सिनेमा क्रमश प्रदर्शनमा आएपछी के. टाउनमा उनी  सर्वाधिक खोजिको पात्र बनिन् । जसकारण निरूता आफ्ना फिल्मसंग सम्बन्धित कार्यक्रममा उपस्थित नहुँदा पनि उनी लक्षित गर्दै लिड लाईनमा जर्नलिष्टहरूले पेन चलाए ।
काठमाण्डौ, पौष ८-
 

एक साता अघि 'द गेम' को रिलिजलाई मध्यनजर गर्दै काठमाण्डू आएकी निरूता सिनेकर्मीमाझ पनि पाहुना सरह सम्मान योग्य बनिन् । जुन उदाहरण बुधबारको 'द गेम' को प्रिमियर शोमा देखिएको थियो । उनलाई देख्नासाथ सिनेकर्मीले अंगालो हालेका थिए भने समकक्षी केही हिरोईनले गालामा म्वाई पनि खाए ।

त्यस्तै उक्त प्रिमियर शोमा सहभागी हुन आएका अभिनेता रातेकाईला उर्फ सुनिल थापा र निरूताको मित्रता कस्तो थियो भन्ने कुरा उनीहरूको अंगालो हलाई र हात मिलाईले प्रष्ट पारिदियो ।  सिम्पल ड्रेसमा उपस्थित भएका अभिनेता थापाले निरूताको हात करिब २ मिनेट सम्म छाडेनन् । सुरूमा निरूतालाई अंगालो हालेका रातेकाईलाले त्यसपश्चात हात मिलाए तर त्यो हात मिलाईमा के भयो कुन्नी रातेकाईलाले निरूताको हात १ सय २० सेकेण्ड सम्म छाड्न मानेन् ।

लामो समय हात नछाडेपछी निरूताले अप्ठायारो महसुस गरिन् तर सिनेमाका  नेगेटिभ क्यारेक्टर रातेकाईला न परे निरूताले अप्ठायारो महसुस गरेको उनले रियल लाईफमा पनि बुझ्न सकेनन्  । अनि निरूता पनि के कम उनले जर्वजस्ती हात फुत्काईन् र थापाबाट प्रिमियर भर टाढा बसिन् ।  Source:filmykhabar.com

Don't Miss
© all rights reserved
made with by netKUTI