दमौली, पुस ८
भूमिसुधारमन्त्री भीमप्रसाद गौतमले तनहुँको वसन्तपुर गाविसस्थित चन्द्रावती उच्च माध्यमिक विद्यालयको ४८औँ वार्षिकोत्सवको एक समारोहबीच उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री गौतमले सरकारी विद्यालयहरुले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न आ-आफ्नातर्फबाट सक्दो पहल गर्नुपर्ने बताउनुभयो । मन्त्री गौतमले हिजै सोही ठाउँ नजिकै रहेको स्वास्थ्य चौकी र भानु गाविसमा रहेको सशस्त्र प्रहरी बल मनकामना गणको समेत निरीक्षण गर्नुभएको थियो ।