Responsive Ad Slot

latest

उराउ प्रकाउको विरोधमा सुनसरीका सरकारी कार्यालयको काम ठप्प I

Friday, December 23

/ by Admin BHOLA THAPA
अमर खड्का, इटहरी, पुस ८ भारतीय अपराधी निरन्जन होजाइलाई नेपाली नागरिकता दिन सिफारिश गर्ने क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्काका प्रमुख नुनुलाल उरावलाई पक्राउ गरेको विरोधमा कर्मचारी संगठनहरुले सुनसरीका सरकारी कार्यालयको कामकाज ठप्प पारेका छन्। संगठनका जिल्ला नेताहरुले उरावलाई छोड्न दवाब दिँदै बिहान प्रमुख लक्ष्मणबहादुर थापासँग बैठक गरेका थिए।

गम्भीर प्रकृतिको अपराध भएको भन्दै प्रमुख जिल्ला अधिकारीले उराउलाई छाडेर अनुसन्धान गर्न नमिल्ने बताएपछि कर्मचारीहरुले सरकारी कार्यालयहरुमा कामकाज ठप्प पारेका हुन्।

वडा समिति र नगरपालिकाले सिफारिश दिनुपर्ने भए पनि उरावले सरकारी अधिकृतको हैसियतमा भारतीय अपराधी निरञ्जन होजाइलाई नेपाली नागरिकता बनाउन सिफारिश गरेका थिए। साभार नागरिक
Don't Miss
© all rights reserved
made with by netKUTI