डुम्रे । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा क्षेत्रमा शनिबार बिहान ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको सिमेन्ट बोकेको भारतीय नम्बर प्लेट डब्लूबी ७३ जी ६२१० नम्बरको बल्गर ट्रक अनियन्त्रित भई पृथ्वी राजमार्गको छेउमा पल्टिएको हो।
प्रहरीका अनुसार दुर्घटनामा घाइते हुने ट्रक चालक भारतको पश्चिम बंगाल राज्य अन्तर्गत जलपाइगुडी जिल्लाको नौथुवा स्थायी ठेगाना भएका ४० वर्षीय काला सुरेन रहेका छन्। दुर्घटनापछि ट्रकमा चेपिएका चालकलाई घटनास्थलमा पुगेको प्रहरी टोली, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
तस्बिर : डी.पी. अधिकारी
