डुम्रे । कृषि विकास कार्यालय, तनहुँको आयोजनामा कृषि मेशिनरी तथा यान्त्रिकीकरण मर्मत सम्बन्धी तीनदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
तालिमका क्रममा कृषि मेशिनरीको मर्मत–सम्भार, सुरक्षित प्रयोग विधि, साना समस्याको पहिचान तथा समाधानका व्यावहारिक पक्षबारे सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो। तालिमले कृषिमा यान्त्रिकीकरणको प्रभावकारी प्रयोग बढाउन तथा किसानको श्रम र समय बचत गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
तालिममा जिल्लाका विभिन्न स्थानबाट किसान तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।
तस्बिर : डी.पी. अधिकारी
.jpg)