तनहुँ खबर संवाददाता
नवलपरासी कार्तिक २४-जवाफदेहीता निगरानी समिति नवलपरासीले सरकारले गरेको आममाफीको निर्णयको विरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । समितिका संयोजक एवम पत्रकार वृजराज कुशवाहाद्धारा हस्ताक्षरित विज्ञप्तिमा सरकारको यो निर्णय मानवता विपरित भएकोले समितिको यसप्रति गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ ।
ज्यान मुद्दामा सर्वाेच्च अदालतले दोषी ठहर गरेको ए माओवादीका सभासद बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिन राष्ट्रपतिलाई सिफारिस गर्न गरेको सरकारी निर्णय अन्तरिम संविधान र शान्ति सम्झौता विपरित भएको बताईएको छ । कानुनको उचित प्रक्रिया बमोजिम अन्तरीम अदालतबाट सर्वस्व सहित जन्म कैदको सजाय सुनाएका सभासद ढुंगेललाई आम माफीदिने सिफारिस गर्ने नेपाल सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाएको विज्ञप्तिमा जनाइएको छ । मानवअधिकारवादी संस्था जवाफदेहीता निगरानी समिति नवलपरासीले तत्कालै निर्णय सच्याउन आग्रह गर्दै विधिको शासन, दण्डहिनताको अन्त्य गर्न र मानवअधिकारलाई पुर्ण सम्मान गर्न माग गरिएको छ । (नारायण सापकोटा)