Responsive Ad Slot

latest

चितवनका उच्च माबि आज पनि बन्द

Monday, November 21

/ by Admin BHOLA THAPA
चितबन,
मंसीर ५-शुल्क बृद्धीको बिरोध गर्दें बिद्यार्थीले गरेको आन्दोलनका कारण आज पनि चितबनका सम्पुर्ण निजि उच्च माविहरु बन्द रहेका छन । चितवनमा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तीकारि, नेविसंघ, र अखिल छैठौं विद्यालयमा तत्काल शुल्क घटाउन माग गदै बन्दको आह्वान गरेका हुन ।

 निजि उच्च मावीहरुको संगठन निजि उच्च मा।वी समन्नवय परिषद्न हिसान ले ३२ प्रतिशत शुल्क बृद्धी गरेको र त्यो फिर्ता नभएसम्म आन्दोलन जारी रहने अनेरास्वबियु चितवनका अध्यक्षा निरज भटटले बताउनुभयो । बन्दका कारण आज बिहान पढाई हुने चितवनका कुनैं पनि निजि उच्च मा।वी हरुमा पठन पाठन भएको छैंन । समस्या समाधानका लागि हिसानसंग वार्ताको पहल भैरहेको भट्टले जानकारी दिनुभयो ।

Don't Miss
© all rights reserved
made with by netKUTI