Responsive Ad Slot

latest

विद्यार्थीद्धारा आफ्नै विद्यालयमा तालाबन्दी

Monday, November 21

/ by Admin BHOLA THAPA
आश गुरुङ,
 लमजुङ, कार्तिक ५-उत्तरी लमजुङको बाहुनडाँडास्थित चन्द्रोदय उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएकाछन् । आन्दोलनरत विद्यार्थीहरुले आईतवार विद्यालयको प्रशासन, शिक्षकहरुको कोठा र मूल गेटमा तालाबन्दी गरेकाछन् । विद्यालय ब्यवास्थापन समितिका अध्यक्ष लोकनाथ घिमिरेले विद्यालयका विज्ञान शिक्षक शिवबहादुर जिसीलाई हटाएर आफन्त राख्न खोजेको भन्दै त्यसको विरोधमा विद्यार्थीहरुले तालाबन्दी गर्नुका साथै आन्दोलन गरेका हुन् ।


विद्यालयका विज्ञान शिक्षक जिसी शिक्षकहरुमा राम्रो हुँदाहुँदै पनि विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले विद्यालयमा राजनीतिक गरेर आफन्तलाई ल्याउन खोजेको विद्यार्थीहरुको आरोप छ ।
विद्यालय ब्यवस्थापन समितिको निर्णयले काम गरिरहेका शिक्षक जिसीले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई विज्ञान विषय पढाउँदै आएका थिए । विद्यालयमा रिक्त रहेको पदपूर्ति गर्नका लागि शैक्षिक नियमावली अनुरुप विज्ञापन गरिएकोमा ३ जनाले दरखास्त परेपछि विद्यालयमा विवाद भएको हो । पहिलोपटक आह्वान गरिएको विज्ञापनमा १ जनाको मात्र दरखास्त परेपछि दोश्रो पटक विज्ञापन गरिएको थियो ।
विद्यार्थीहरुले नीजि दरबन्दीको सट्टा सरकारी दरबन्दी ल्याएमा मान्य हुने र विभिन्न वहानामा नीजि दरबन्दीका शिक्षकलाई हटाएर पुनः नीजि शिक्षक ल्याएमा मान्य नहुने विद्यार्थीहरुले वताएकाछन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोकनाथ घिमिरेले विज्ञापनमा आफन्तले दरखास्त हालेपछि विवाद निस्केको र विवाद सामाधान गर्न आफन्तको दरखास्त फर्काएको वताए । विद्यालय ब्यवस्थापन समितिका तत्कालीन अध्यक्ष प्रेमकुमारी गुरुङको पालामा २ बर्षअघि १ बर्षका लागि शिक्षक जिसीलाई नियुक्त गरिएको र अहिले शैक्षिक नियमावली र जिल्ला शिक्षा कार्यालयको निर्देशनमा आफूले विज्ञापन गरेको वताए । ‘बरु विद्यालयको अध्यक्षवाट हट्न तयार छु, शैक्षिक नियमावली र शिक्षा कार्यालयको निर्देश अटेर गर्दिन’ घिमिरेले भने, ‘नियम संगत हुनुपर्छ भनेर विद्यालयको अध्यक्ष बनेको हुँ, विद्यालय नीति र नियमले चल्छ, र चलाउनुपर्छ ।’
विद्यालय ब्यवस्थापम समितिका अन्य सदस्यहरुले समेत अध्यक्षले मनोमानी गरिरहेको आरोप लगाएकाछन् । यता, शिक्षक जिसीले बहुसंख्यक समितिको सदस्य र विद्यार्थीहरुको निर्णय मान्न आफू तयार रहको वताएकाछन् । विद्यालयमा विवाद गर्न नहुने भन्दै शिक्षक जिसीले सवै समस्याको समाधान बार्तावाटै गर्नुपर्ने वताए ।
पछिल्लो समय शिक्षक जिसी र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष घिमिरेबीच सामान्य मनमुटाब भएपछि अध्यक्ष घिमिरेले जिसीलाई हटाउने योजना बनाएको स्थानीयवासिन्दाले वताएकाछन् । तर, अध्यक्ष घिमिरे र शिक्षक जिसीले आफूहरुबीच कुनै मनमुटाव नरहेको वताएकाछन् ।
तस्विरमाः ब्यवस्थापन समितिका अध्यक्षले विद्यालयमा राजनीतिकरण गरेको भन्दै आन्दोलनमा उत्रिएका चन्द्रोदय उच्च मावि बाहुनडाँडाका विद्यार्थीहरु ।


Don't Miss
© all rights reserved
made with by netKUTI