काठमाण्डौ,
कार्त्तिक २६- नायिका नन्दिता केसी अहिले कतारको समुन्द्री किनारमा रोमान्स गर्नमा व्यस्त छिन् । गत ५ तारिखका दिन सांगितिक कार्यक्रमका लागि कतार पुगेकी नन्दिता कार्यक्रम सकेर रोमान्स तिर लागेकी हुन् ।
रक स्टाइलको सो गीतको भिडियो निर्देशक शंकर बिसी हुन् । उनले हिमाल सागरकै स्वर तथा संगीत अनि श्याम पराजुलीको शब्दमा नन्दिता र बिष्णुलाई अनस्क्रिन रोमान्स गराएका हुन् । यसका साथै सोही स्थानमा हिमाल सागरकै अर्को गीत 'भन्थ्यौ मायाको सिमा हुँदैन...' बोलको गीतको म्युजिक भिडियो पनि छायाँकन गरिएको छ । सो गीतमा प्रकाश थपलिया, सरू वन, बिशाल श्रेष्ठले अभिनय गरेका छन् ।कतारमा दुईवटा स्टेज कार्यक्रम गरेको बताउने नन्दिताले सो कार्यक्रममा लागि कतार पुगेको जम्बो टोलीमा गायक सुगम पोखरेल, हिमाल सागर, रेश्मा सुनुवार, सुजाता सिटौला, सरू वन, जमुना राना, शैलेन्द्र सिंखडा, शंकर बिसी लगायतका रहेको बताईन् । Source:फिल्मीखबर