नारायण सापकोटा
चितवन मंसिर १४-नेपालकै मुटु मानिने चितबनमा दुर्घटना तथा अपराध नियन्त्रण गर्ने उद्धेश्यका साथ थालिएको सि सि क्यामेरा जडान कार्य अझै सकिएको छैन ।गत असोजबाट चितबनको भारतपुर र रत्ननगर नगरपालिकामा ६० ओटा सि सि क्यामेरा जडान गर्ने उद्धेश्यका साथ जडान कार्य सुरु गरीएको भए पनि अझै पुरा हुन नसकेकोमा चितबनबासीले गुनासो गर्न सुरु गरेका छन् । दुर्घटना तथा अपराध नियन्त्रण गर्न क्यामेराले सहयोग गर्ने र दोषीलाई प्रकाउ तथा करबाही गर्न सजिलो हन्छ भन्दै जिल्ला प्रसासन कार्यलय ,प्रहरी कार्यलय ,ट्रफिक प्रहरी कार्यलय लगायतका संस्थाको सकृयतामा क्यामरा जडानकार्य सुरु गरीएको हो ।
अहिले सम्म चितबनको भरतपुर नगरपालिकाको १४ स्थानमा २२ क्यामरा मात्र जडान गरीएको जिल्ला ट्रफिक प्रहरी कार्यलय चितबनका प्रमुख अरुणकुमार साहले जानकारी दिनु भयो । झण्डै १ करोडको लागतमा सुरु गरीएको क्यामरा जडान कार्य सम्पन्न हुन अझै केही समय लाग्ने र भारतपुर र रत्ननगर नगरपालिका भित्र ६० ओटै क्यामरा जडान कार्य पूर्ण रुपमा सकिए पछि मात्रै ति क्यामराहरु संचालनमा ल्याईने पनि शाहले बताउनु भयो । क्यामरा जडान कार्य सकिएर संचालनमा आए पछि जिल्लाको सुरक्षा अबस्थामो सुधार आउनेमा स्थानियबासी ढुक्क देखिन्छन् ।