काठमान्डौ
मंसिर १४-काठमाडौँ जिल्ला विकास समितिको कार्यलयमा राष्ट्रिय सतर्कता केन्द्रले छापा मारेको छ । आज विहान छापा मारेर केही महत्वपूर्ण कागजात आफ्नो नियन्त्रणमा लिएको र केही महत्वपूर्ण कागजातलाई शिलवन्दी गरिएको केन्द्रका उपसचिव शेरबहादुर ढुंगेलले जानकारी दिनुभएको छ । जिल्लामा निर्माण भएका केही सडकमा अनियमितता भएको र प्रक्रिया पूरा नगरी निर्माण कार्य भएको गुनासो आउन थाले पछि केन्द्रले जिविसमा छानविन सुरु गरेको हो ।सरकारले गठन गरेको छानविन समितिसंग समन्वय गरेर सतर्कता केन्द्रले जिविसमा छानविन बढाएको छ ।