Responsive Ad Slot

latest

महिला हिंसाविरुद्ध आज नेपालसहित १४ देशमा एकै खाले कार्यक्रम गरिंदै ।।

Wednesday, November 30

/ by Admin BHOLA THAPA
काठमान्डौ
मंसिर १४-महिला विरुद्ध हुने सबै खाले हिंसा अन्त्य गर्ने उद्देश्यले आज नेपाल लगायत दक्षिण एसियाका १४ मुलुकमा एकसाथ कार्यक्रम गरिने भएको छ । हामी सक्छौं WE CAN अभियानले आज एकसाथ विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रिय ‘हामी सक्छौं’ दिवस मनाइने भएको छ । नेपालसहित अन्य १४ राष्ट्रमा एकै समयमा उस्तै प्रकारको कार्यक्रमको आयोजना गर्ने अभियानका संयोजक शारदा पोखरेलले जानकारी दिनुभयो ।

WE CAN संजाल विश्वका १५ देशहरुमा (नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, भारत, केन्या, क्यानडा, नेदरल्याण्डस्, तान्जानिया, इण्डोनेशिया, नाइजेर, कंगो, युगान्डा, बुरुण्डी लगायतमा देशहरुमा छ । आज बिहान ११ बजे एउटै समयमा १४ देशमा एकै खाले कार्यक्रम गरिनेछ । त्यसैअनुसार अहिले हामी सक्छौं अभियान नेपालले काठमाण्डूको वसन्तपुरमा कार्यक्रम गरिरहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI