देबघाट,
मंसिर १४-परमानन्द गुरुस्मृती साङ्गश्रीमद्भागबत धनधान्यान्चल बिराट् ज्ञानमहायज्ञको अन्तिम चरणमा पुगेको छ । हरीहर संयास आश्रम देबघाट तनहुको सर्बगीण बिकासको लागी श्रीहरीहर मन्दिर ,श्री हरीहर सन्यास आश्रम, श्री परमानन्द संस्कृत गुरुकुलम् देबघाट तनहुको आयोजनामा यहि मंसीर १६ गतेबाट २३ गते सम्म नवलपरासीको हर्कपुरमा संचालन हुन लागेको महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका यदुनाथ आचार्यले जानकारी दिनु भयो ।
महायज्ञ स्थलमा मन्दिर निर्माण ,आबास गृह निर्माण र मण्डपको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आचार्यले बताउनु भयो । त्यस्तै महायज्ञ प्रचारप्रसारको लाई पनि ब्यापक पारीएको छ ।जस अन्तरगत तनहु ,चितबन र नवलपरासीको बिभिन्न भागमा स्वागतद्धार निर्माण ,पर्चा पम्पलेट टास्ने ,ब्यानर टाग्ने काम भैसकेको यज्ञ प्रचार प्रसार समितीका सदस्य तथा रेडियो देबघाटका समचार प्रमुख नारायण सापकोटाले जानकारी दिनु भयो ।१६ गते यज्ञ सुरु हुनु भन्दा अगाडी नारायणी नदि किनारबाट शोभायात्र निकालिने पनि बताईएको छ । बिराट् ज्ञानमहायज्ञको समुद्घाटन भने गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादबले गर्नुहुने आयोजकले बताएको छ ।