चितबन (ठोरि) मंसिर १४-नारायणगढ — ठोरि रुटमा चल्ने सवै गाडिहरु पर्साको ठोरी गावीस भगवानगरका स्थानीय वासिन्दाको अवरोधका कारण यातायात व्यवसायीहरुले नारायणगढ फर्काएका छन । स्थानीयवासिको पहलमा चौताराबाट भगवानगर हुदै ठोरी भन्सार पुग्ने हुलाकि बाटोमा गाडि नचलेको भन्दै स्थानीयवासिले अवरोध गरेपछि यातायात व्यवसायीहरुले ३ वटै बस गएराती नै नारायणगढ फर्काएका हुन ।
हुलाकी बाटो भएर जाँदा आँफुहरुलाई पायक नपर्ने भन्दै यातायात व्यवसायीले अहिले भैरहेकै वैक्लपिक बाटो प्रयोग गर्ने बताउदै आएका छन । उनीहरुले भगवान नगरको हुलाकी बाटो बाट चलाउनु परे नारायणगढबाट माडिसम्म मात्र बस चलाउने बताएका छन । स्थानीयवासि र यातायात व्यवसायीको विवादका कारण यातायात अवरुद्ध भएपछि दैनीक ठोरी र निर्मलवस्तीका करीव १ सय ५० जना यात्रु प्रत्यक्ष मर्कामा परेका छन ।
यसैविच , भगवान नगर बाटो निर्माण समितिका अध्यक्ष रोशन थापाले छलफल गरेर विवाद अनत्य गर्नु पर्ने बताउनु भएको छ । उहाले नारायणी चितवन वस व्यवसायि उपसमितिले बस नचलाए आफुहरुले रुट किनेर भए पनि बस चलाउने बताउनु भएको छ ।