Responsive Ad Slot

latest

मलेसियामा कार्यरत नेपाली कामदार आन्दोलनमा

Wednesday, November 16

/ by Admin BHOLA THAPA
क्वालालम्पुर,
malesiya
कार्तिक ३० -मलेसियामा कार्यरत नेपाली कामदार आफूहरुमाथि अपमान भएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।जोहोर वातुपहातमा रहेको रामाटेक्स कम्पनीमा कार्यर नेपाली श्रमिकहरुले आफूमाथि भएको अपमानको विरोधमा श्रमिकहरुले आज बिहानैदेखि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । रामाटेक्स कम्पनीमा कार्यरत महोत्तरीका पञ्च शाहमाथि कम्पनी मालिकले अभद्र व्यवहार गरेको विरोधमा नेपाली श्रमिक आक्रोशित भएका हुन । काममा व्यस्त रहेका बखत शाहलाई कम्पनी साहुले कम्पनीमा रहेको ढुगां टिपेर फ्याँक्न भन्दा ढिला गरेको आरोपमा कम्पनी मालिकले दुई थप्पड हान्नुका साथै आफूले खाइरहेको चुरोट मुखमा लगेर झोसिदिएको सोही कम्पनीमा कार्यरत अर्का नेपाली सूर्यकुमार रेग्मीले बताए ।
Don't Miss
© all rights reserved
made with by netKUTI