Responsive Ad Slot

latest

आन्दोलनरत थारुद्वारा वार्ता टोली गठन

Thursday, May 17

/ by Admin BHOLA THAPA
काठमाडौँ, जेठ ४
 तनहूँ खबर डट कम

- तराईमा पाँच दिने बन्द र अर्को साता तीन दिने नेपाल बन्द गर्ने घोषणा गरेको थारु संयुक्त संघर्ष समितिले सरकारसँग वार्ता गर्न ११ सदस्यीय टोली गठन गरेको छ। वार्ता टोलीमा संयोजक चन्द्रकुमार चौधरी र सदस्यहरु रामचरण थारु, उपेन्द्र गच्छदार, बलदेव चौधरी, गोपाल दहित, पुरन राना थारु, फुलमति चौधरी, भानुराम चौधरी, सरस्वती चौधरी, सन्तोष थारु र इन्द्रजीत थारु रहेका छन्।

वार्ताको लागि वातावरण बनाउन समितिले केही शर्तहरु पनि अघि सारेको छ। समितिले अनुसार वार्तामा बस्नुअघि कैलाली र कञ्चनपुर जिल्लामा थारुहरुमाथि दमन गर्ने प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक बसन्त पन्त, प्रहरी निरीक्षक उद्धवसिंह भाट लगायतकालाई विभागीय तथा कानूनी कार्यवाही तुरुन्त गर्नुपर्ने माग राखेको छ।
त्यसैगरी नवलपरासीको अघ्यौली - ९ डण्डवास्थित थारु राष्ट्रिय संग्रहालय जलाउने र त्यसैगरी डण्डवामै निकालिएको शान्तिपूर्ण विरोध जुलुसमाथि गोली चलाउने प्रहरी प्रशासनमाथि तुरुन्त विभागिय तथा कानूनी कार्यवाही गरी क्षतिपूर्ति दिनु पर्ने अर्को माग छ।
आन्दोलनको क्रममा पूर्व झापादेखि पश्चिम कञ्चनपुर जिल्लामा प्रहरीले गिरफ्तार गरेका र लगाइएका झुट्टा मुद्दा तुरुन्त खारेज गरी निशर्त रिहा गर्नुपर्ने अर्को माग छ।
Don't Miss
© all rights reserved
made with by netKUTI