Responsive Ad Slot

latest

मुस्ताङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

Thursday, May 17

/ by Admin BHOLA THAPA
(सरोज थापा)बाग्लुङ,जेठ ४ - सडक निर्माण गर्ने क्रममा चर्किएको ढिस्को भत्किएर आएको पहिरोमा परी मुस्ताङमा चार जनाको मृत्यु भएको छ। जोमसोम-लोमानथाङ सडक अन्तरगत छुसाङ-७ चैले जोगिमरे भिरमा खसेको सुख्खा पहिरोले स्काभेटर च्यापेपछि चार जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा स्काभेटर चालकद्वय बाँसवारी-२ सिन्धुपलान्चोकका ध्रुव माझी, सोही स्थानका रोहित भनिने झलक माझी, सह- चालक पृथ्वीनारायण नगरपालिका-८ गोरखाका जीत बहादुर राना, रातपुर-६ दाङका ट्याक्टर चालक सुनिल कुमार चौधरी रहेका छन्।

सडक निर्माण गरेको अवस्थामा चर्को हावाहुरी चलेपछि स्काभेटरको क्याविनमा बसेका चार जनालाई बुधबार साँझपख पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजेन्द्र पोख्रेलले बताए। चार जनाको शव बिहिबार विहान प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले पुरिएको अवस्थामा निकालेको प्रहरी निरीक्षक पोख्रेलले बताए।
Don't Miss
© all rights reserved
made with by netKUTI