पर्सा,
४ कात्तिक- गण्डक जगरनाथपुर सडकखण्डअन्तर्गत पर्साको लिपनीविर्ता-७ मा गएराति अज्ञात समूहले यात्रु बसमा आगजनी गरिदिएको छ ।
लिपनीविर्ताको पटेलनगरमा यात्रु पुर्याएर वीरगञ्जतर्फ र्फकने क्रममा ख १४४२ नम्बरको मिनी बसमा अपरचित मानिसहरुको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट बस पुर्ण जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका नायव उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो ।
आगजनीको समयमा बसमा कोही पनि नभएकाले मानवीय क्षति भने हुन नपाएको लोहनीले बताउनुभयो । अचानक खराबी उत्पन्न भएपछि चालकले बस रोक्ने बित्तिकै उक्त समूहले बसमा आजगनी गरेको बस धनी रामस्वरुप साहले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।