Responsive Ad Slot

latest

बद्यशाला निर्माणका लागि सघाउने प्रतिबद्धता

Monday, November 28

/ by Admin BHOLA THAPA
चितवन (रत्ननगर) मंसिर १२-रत्ननगर क्षेत्रमा क्रियाशिल राजनितिक दल तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिले रत्ननगरमा बद्यशाला निर्माणका लागि सघाउने प्रतिबद्धता जनाएका छन् ।उधोग बाणिज्य संघ रत्ननगरले पशु सेवा विभाग, पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालय, काठमाण्डौंका निर्देशक डा.केशव प्रसाद प्रेमीको उपस्थितीमा आयोजना गरेको सर्बपक्षिय छलफलमा सहभागी सबैले यसको महत्वबारे स्थानियबासीलाई जानकारी गराएर छिटो काम शुरु गर्नु पर्नेमा जोड दिएका थिए । निर्देशक डा.प्रेमीले बधशाला निर्माणपछि स्थानियबासीले स्वस्थकर मासु उपभोग गर्न पाउने जनि जानकारी दिएका थिए ।

उक्त कार्यक्रममा बोल्दै डाक्टर प्रेमीले बधशाला निर्माण आधुनिक प्रविधिबाट गरिने भएकाले वातवारणमा कुनै नकारात्मक असर नपर्ने बताए । नमुना वधशाला निर्माण पनि नमुना नगरपालिकाका रुपमा चिनिएको रत्ननगर नगरपालिकाको छबी अझ राम्रो हुने उहाले दाबी गरका थिए ।कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर विसुरालको संयोजकत्वमा भएको कार्यक्रममा सातवटै राजनैतिक दलका नगर प्रमुख, नगरस्तरीय राजनितिक दलका संयन्त्र प्रतिनिधि , नगरपालिकाका प्रमुख, जिल्ला पशु सेवा कार्यलय चितवनका प्रमुख, रत्ननगर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष संघका पदाधिकारी तथा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रमुखकोे सहभागीता रहेको थियो ।

यस अघि समय अभावका कारण बद्यशालाका बिषयमा स्थानियबासीलाई पर्याप्त जानकारी दिन नसकिएको र काम हुन नसकेको भन्दै स्थानियबासीलाई पर्याप्त जानकारी दिएर छिटो भन्दा छिटो निर्माण कार्य अगाडी बढाउनु पर्ने स्थानिय सरोकारवालाको सुझाव थियो ।कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका महासचिव देवेन्द्रकुमार श्रेष्ठ संचालन गरेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI