Responsive Ad Slot

latest

समयमा जहाज नआउदा चितवन घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु समस्यामा

Saturday, November 19

/ by Admin BHOLA THAPA

तनहुँ खबर संवाददाता
चितवन मंसिर ३ - केहि दिन चितवन  जिल्लामा  मौसममा देखिएको परिवर्तनका कारण चितवन घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु बिमानस्थलमा समयमा जहाज नआउदा घण्टांैसम्म कुर्न बाध्य छन् ।
बढ्दो चिसो सँगै आकाशमा लागेको कुहिरोका कारण जहाज समयमा विमान स्थलमा आउन नसक्नाले पर्यटकहरु दिनहुँ जसो विमानस्थलमा कुरेर बस्ने गर्छन् । 

भरतपुर विमान स्थलबाट आज बिहान एघार बजेर तिस मिनेटमा जहाजको पहिलो उडान हुनु पर्ने भएता पनि साढे एक बजेसम्म पर्यटकहरु विमानस्थलमै रहेका थिए । आज दिउँसो २ बजे मात्रै जाहाजको प्रतिक्षामा रहेका ३९ जना पर्यटकहरु काठमाण्डौका लागि उडेको भरतपुर विमानस्थलका प्रबन्ध निर्देशक विष्णु अधिकारीले बताए । जाडो सुरु भए सँगै यो समस्या बारम्बार आईरहने अधिकारीले बताए ।
Don't Miss
© all rights reserved
made with by netKUTI