सुवास लामिछाने
चितवन मंसिर ३- बृहत पुस्तक प्रदर्शनि तथा शैक्षिक महोत्सवमा पुस्तक भन्दा बाल उद्यान अवलोकन गर्ने हरुको संख्या बढि पाईएको छ ।आज महोत्सवको चौथो दिन प्रदर्शनि स्थल पुगेको अभिावक, विद्यार्थीहरु रमाईलो मेलाको रुपमा राखिएको बाल उद्यानमा बढि रमाएको देखिन्थ्यो । चितवन बासीहरुको पढ्ने बानि विकासका लागि भन्दै आयोजित महोत्सवमा स्नाकोत्तर र सो भन्दा माथि अध्ययन गर्ने विद्यार्थी र शिक्षकहरु बाहेक सबैको केन्द्र बिन्दु बाल उद्यान बनेको छ ।महोत्सवको मुलद्धार बाट भित्र छिर्ने बित्तिक्कै स्टकलहरु घुमे सोचे जस्तो केहि लागेन अनि रमाईलो मेलामा छिरेको प्रतिकृया दिईन अर्किट साईन्स कलेजमा कक्षा ११ मा अध्यनरत संस्कृति कँडेलल ् ‘ रमाईलो मेला नभएको भए त बोर नै हुन्थ्यो उनले बताएकी थिइन भने’ ।
कँडेल संगै साथी आएकी कञ्चन भारतिले महोत्सवमा नयाँ बुक्सहरु हेर्न पाँउदा खुशि लागको बताईन । हामी कलेजबाट २४ जना साथीहरु आएका छौं भन्दै भारतिले भनिन् ‘ महोत्सवमा पुस्तक मात्र हेरर अल्छि लाग्दा बाल उद्यानमा टाईम पास भैरहेको छ ’ ।मेलामा प्रवेस गरीसकेपछि आफुलाई निकै खुसि लागेको भए पनि चारै तिर घुम्दा नामको मात्रै महोत्सव झै लागेको गुनासो क्षेत्रपुरकी सरस्वति मरहठले गरिन् । शिक्षा क्षेत्रको विकासका लागि आयोजित महोत्सवमा पुस्तक सम्बन्धि थप रोचक युक्त स्टलहरु राखेर बाल उद्यान नराखेको भए राम्रो हुनेथ्यो उनले भनिन् ।महोत्सवमा पुस्तक प्रदर्शनि अवलोकन पश्चात दर्शकहरुको ध्यान अन्यत्र नजाओस भन्नका लागि नै आयोजकले बाल उद्यान राखेको दाबी गरेको छ । यद्धपि बाल उद्यान पुस्तक भन्दा पनि बढि महोत्सवको आर्कषक स्थल बनेको छ ।