Responsive Ad Slot

latest

कांग्रेस खेलकुद विभागमा थापा

Thursday, December 22

/ by Krishna Neupane
तनहुँ खबर संवाददाता
तनहुँ पुष ७

नेपाली कांग्रेस युवा तथा खेलकुद विभागमा विरबहादुर थापा मनोनित भएका छन् । कांग्रेसको बिहीबार बसेको कार्यसमितिको बैठकले थापालाई युवा तथा खेलकुद विभागमा मनोनित गरेको हो ।
कांग्रेस सभापति धु्रव वाग्लेको सभापतित्वमा बसेको बैठकले सूचना तथा साचार विभागका लागि आवश्यक क्यामेरा र रेकर्डर हस्तान्तरण गरेको छ । सभापति वाग्लेले साचार विभागका प्रमुख तथा प्रवक्ता हरिप्रसाद वाग्लेलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
बैठकले तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको हत्याको विरोधमा कांग्रेसले आह्वान गरेको बन्दमा सहभागी सम्पूर्ण प्रजातन्त्रप्रेमीलाई धन्यवाद ज्ञापन गरेको सूचना तथा साचार विभाग सचिव रविन पौडेलले बिहीबार प्रेस विज्ञप्ति मार्फत् जानकारी दिएका छन् । त्यस्तै राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पौष १६ गते क्षेत्र नं। २ को क्षेत्रीय भेला आयोजना गर्ने बैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI