विनु लामा तामाङ, तेल-अविव, पुस ७,

डुक ल्होछार कार्यक्रमको लागि संस्थाको अध्यक्ष बी बी लामा तामाङको संयोजकत्वमा “डुक ल्होछार मुल समारोह समिति” गठन गरिएको छ | कार्यक्रमलाई भव्यताको साथ सफल बनाउनको लागि कार्यविभाजन र जिम्मेवारी बाँडफाँट गरी विभिन्न उपसमितिहरू समेत गठन गरिएको कुरा संस्थाको सचिव सुन्दर योन्जन तामाङले जानकारी दिनु भएको छ |
उपसमितिहरू अन्तर्गत व्यबस्थापक उपसमितिको संयोजक सुन्दर योन्जन तामाङ , प्रचार प्रसार उपसमितिको संयोजक दल बहादुर लोप्चन तामाङ , आर्थिक उपसमितिको संयोजक उशा पाख्रिन तामाङ , यातायाता व्यबस्थापन उपसमितिको संयोजक अनिता पाख्रिन तामाङ , सांस्क्रितिक उपसमितिको संयोजक जेम्स लोप्चन तामाङ , अतिथि सत्कार उपसमितिको संयोजक उर्मिला पाख्रिन तामाङ र स्वयम् सेवक उपसमितिको संयोजकमा संगिता दोङ तामाङ रहनु भएको छ |
कार्यक्रम तेल-अविवको हलोहमिन स्ट्रीट १, खलोनमा अवस्थित “ग्यालेक्सी पार्टी प्यालेस” (1 Halohamin St,Halon,Galaxy Party Palace) मा हुने भएको छ | पूर्व घोषित निर्धारित कार्यतालिका अनुसार कार्यक्रम दुई चरणमा सम्पन्न हुने भएको छ | पहिलो चरणको कार्यक्रम अन्तर्गत संस्थाको प्रथम अधिवेसन साँझ ५ बजे देखि ९ बजे सम्म र त्यसपछि दोश्रो चरणको कार्यक्रम स्थानीय नेपाली कलाकारहरूको प्रस्तुतिमा विविध सांस्क्रितिक कार्यक्रमको साथमा रात्रीभोज (Dinner Party ) को व्यवस्था सहित तामाङ ल्होछार-साँझ कार्यक्रम रातभरी नै नाचगान गरी रमाइलो सँग मनाउने कार्यतालिका रहेको जानकारी आयोजक टिमले दिनु भएको छ |
अदित्य कालदेखि मनाउदै आईरहेको ल्होछार पर्वलाई बिदेशी भुमीमा रहेर पनि निरन्तरता दिनुको साथै आफ्नो तामाङ जातिय संस्क्रितीलाई जगेर्ना र संरक्षणको लागि बिगत बर्षहरूको भन्दा अझ भव्यताको साथ मनाउनको निम्ति आफूहरू लागि परिरहेको कुरा प्रचार प्रसार उपसमितिको संयोजक दल बहादुर लोप्चन तामाङले बताउनु भयो |
इजरायलवासी सम्पूर्ण तामाङ ज्योज्यो आले / नाना आङ (भुहुरिङ) हरूलाई आफ्नो तामाङ जाति झल्किने भेसभुशामा अनिवार्य उपस्थितिको लागि “नेपाल तामाङ समाज, इजरायल” हार्दिक अनुरोध गर्दछ | साथै त्यसै गरि इजरायलमा बसोवास गर्नु हुने सम्पूर्ण “ल्होछारप्रेमी” नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई “नेपाल तामाङ समाज, इजरायल” को तर्फबाट तामाङ ल्होछार-साँझ - २०१२ कार्यक्रममा उपस्थिति भई दिएर अझ बढी सोभा बढाई दिन र भव्यताका साथ यस ल्होछार-साँझ मनाइ दिनु हुन् हार्दिक निमन्त्रणा गरिएको छ |