काठमाडौं ,मंसिर १७ -एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधान निर्माणमा षड्यन्त्र भए जनविद्रोहबाट र संविधान बने चुनावबाट सत्ताकब्जा गर्ने बताउनुभएको छ । विभिन्न तीनवटा साना कम्युनिष्ट पार्टीसँगको एकतापछि आयोजित स्वागत कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी शान्ति र संविधानमा प्रतिवद्ध रहेको तर षड्यन्त्र भए जनविद्रोह गर्ने चेतावनी दिनुभयो । संविधान बन्न नदिए जनविद्रोह थाल्ने मार्फत र संविधान जारी भए निर्वाचनमार्फत सत्ताकब्जा गर्ने दृढता उहाँको थियो । अध्यक्ष प्रचण्डले शान्ति र सविधान निर्माण प्रकि्रया सफल पार्ने प्रमुख जिम्मेवारी माओवादीको काँधमा रहेको भन्दै महान जनयुद्धले शान्ति र सविधानलाई जन्माएको भन्दै शान्तिप्रकि्रया बेवारिसे बनाएर नछाड्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले शान्तिप्रकि्रया र संविधान निर्माण जनचाहनअनुसार जारी गर्ने विश्वास व्यक्त पनि व्यक्त गर्नुभयो । उहाँले एकता प्रकि्रयामा माओवादी प्रवेश गरेकाहरुलाई आवश्यकताअनुसार केन्द्रीय भूमिका दिइने बताउनुभयो । उहाँंले पार्टी विभाजित भएर तथा फुटेर नभई एकताबद्ध भएर जनचाहन पूरा गर्न अघि बढ्ने विश्वास व्य्क्र गर्नुभयो । कार्यक्रममा माओवादीका प्रवक्ता दीनानाथ शर्माले क्रान्ति सम्पन्न गर्न बाँकी रहेकोभन्दै प्रचण्डकै नेतृत्वमा माओवादीले क्रान्ति सम्पन्न गर्ने बताउनुभयो । संयुक्त जनमोर्चा नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी एकता प्रकि्रयाबाट माओवादीमा प्रवेश गरेका छन् । कार्यक्रममा संयुक्त जनमोर्चा नेपालका अध्यक्ष भोालनाथ बस्याल क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक गुणाखर भुसाल नेकपा माओवादीका संयोजक दिलीप साहलगायत सयौं नेता कार्यकर्ता माओवादीसँग एकता प्रकि्रयामा आएका छन् |
संविधान निर्माणमा षड्यन्त्र भए जनविद्रोहबाट सत्ता कब्जाः प्रचण्ड
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com