![]() |
काठमाडौं ,मंसिर १७ -प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वमा सरकार गठन भएको सय दिन पुरा भएको छ । र एकीकृत माओवादी अध्यक्ष प्रचण्डबीच अहिले भेटवार्ता भइरहेको छ । शान्ति र संविधान लेखनको काम र आफ्नो कार्यकाल सुरु भएको १ सय दिन पुग्न लाग्दा भएको कामकारबाहीको बारेमा छलफल तथा समीक्षा गर्न प्रधानमन्त्री भट्टराई प्रचण्ड निवास नयाँबजार पुग्नु भएको हो । भेटमा माओवादी लडाकु पुनबर्गीकरण समायोजनमा जाने लडाकुहरुको संख्या र दलहरुबीचको सहमतिको बारेमा समेत छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीले आजै सत्तामा र प्रतिपक्षमा रहेका दलका नेताहरुसँग पनि छलफल गर्ने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । यसअघि प्रमुख दल र लोकतान्त्रिक मधेसी मोर्चाबीच साढे ६ हजार माओवादी लडाकुहरुलाई नेपाली सेनामा समायोजन गर्ने सहमति भए पनि पुनवर्गीकरणको क्रममा करिब १० हजारको संख्यामा माओवादी लडाकुले समायोजनमा जाने चाहाना देखाएका छन् । प्रधानमन्त्री तथा उहाँको दल एकीकृत माओवादीले समायोजन गर्ने लडाकुको संख्या बारे भएको सहमतिलाई हेरफेर गर्नुपर्नेमा जोड दिए पनि काङ्ग्रेस एमाले लगायतका दलहरुले पूर्व सहमति अनुसारनै माओवादी लडाकुलाई समायोजन गर्नुपर्नेमा जोड दिदै आएका छन् ।