![]() |
काठमाडौं ,मंसिर १७ -बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सर्वोच्च अदालतको निर्णयले खाद्य संस्थाको कामकारवाहीमा अवरोध सिर्जना भएको बताउनु भएको छ । नेपाल खाद्य संस्थाको ३७ औ स्थापना दिवसका अवसरमा आज राजधानीमा भएको कार्यक्रममा बोल्दै बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले नेपाल खाद्य संस्थानमा भएको भ्रष्टाचार उपर कारवाही प्रकि्रया अघि बढाउन सर्वोच्च अदालतको निर्णयले अप्ठ्यारो भएको बताउनु भयो । मन्त्री भट्टले नेपाल खाद्य संस्थानलाई नयाँ ढङ्गबाट अघि बढाउने इच्छाशक्तिको खाँचो रहेको बताउनु भयो । मन्त्री भट्टले विगतको नेतृत्वले गरेको कमी-कमजोरीका कारण संस्थान धरासायी बनेको बताउनु भयो । उहाँले विगतमा भएको भ्रष्टाचार कागजी रुपमा दुरुस्त अवस्थामा रहेको बताउनुभयो । नेपाल खाद्यसंस्थानका प्रमुख हरिनारायण शाहविरुद्ध हाल संस्थानका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कार्यक्रममा २५ वर्ष बढी सेवा प्रदान गर्ने कर्मचारीहरुलाई पद र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो