Responsive Ad Slot

latest

दमौलीमा डन-२

Saturday, December 24

/ by Krishna Neupane
तनहुँ पुष ९
रा-वनको औसत सफलतापछि बलिउड अभिनेता शाहरुख खान अभिनित नयाँ चलचित्र ुडन-२ु शुक्रबारदेखि रिलिज भएको छ । रिलिजसँगै डन-२ दमौलीको मनकामना चलचित्र मन्दिरमा समेत प्रदर्शनमा आएको छ । यसअघि प्रदर्शन भैसकेको ुडनु को दोस्रो भागका रुपमा तयार पारिएको डन-२ ला एक्सन थि्रलरको श्रेणीमा राखिएको छ ।
फरहान अख्तरले निर्माण तथा निर्देशन गरेको यो चलचित्रमा शाहरुखका अतिरिक्त पि्रयङ्का चोपडा लारा दत्ता ओम पुरी कुनाल कपुर बुमन ईरानी नवाब शाह आदि पुत्र अली खान आदि कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
निर्देशक अख्तरकै लेखन रहेको यो चलचित्रमा शंकर एहसान लोयको संगीत छ । चलचित्रका गीतमा शाहरुख खान विशाल डाडलानी अनुशा मणी उÈा उथुप शंकर महादेवन लोय मेन्डोन्का केके आदि गायक गायिकाको पाश्र्व गायन छ । भारतबाहेक मलेसिया जर्मनी तथा स्वीजरल्यान्डमा छायांकन गरिएको यो चलचित्रमा शाहरुख खान नकारात्मक भूमिकामा प्रस्तुत भएका छन् ।
चलचित्रको कथा अनुसार पाँच वÈ्रअघि प्रहरीद्वको जालमा डन शाहरुख ले प्रहरीलाई अल्´ाइदिन्छन् । प्रहरीले जसलाई पान चपाइरहने सो´ा विजय मानिरहेको थियो वास्तवमा उनी नै डन थिए । एकपटक पुनः प्रहरी-चोरको खेलमा डनले प्रहरीलाई हराइदिन्छन् । रोमा पि्रयङ्का जसलाई डनले जंगली बिराली भनेर बोलाउँछन् अहिले पनि आफ्नो भाइ रमेशको हत्याको बदला डनसँग लिन चाहन्छिन् । उनी डनजस्तै देखिने विजयसँगको प्रेमको चक्करमा परेकी थिइन् । ती विजय नभएर डन नै भएको थाहा पाएपछि उनी चकित परेकी थिइन् ।
अहिले उनी इन्टरपोलमा सहभागी भएर डनलाई गिरफ्तार गर्ने अभिनयमा जुटेकी छिन् । एसियामा आफ्नो प्रभाव बढाएपछि अब डनको आँखा युरोपमा छ । क्वालालम्पुरदेखि उनको एक्सन अब बर्लिनतर्फ सरेको छ । प्रहरी तथा डनबीचको लुकामारीले भरिएको डन-२ दर्शकहरुले प्रितÔा गरिरहेका चलचित्रमध्यॆ एक हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI