नारयाण सापकोटा
काठमाडौँ, पुस ९ गते ।
नेपाल सुन चाँदी कला व्यवसायी संघले हिजो साँझ कपनमा भएको हत्याको विरोधमा आन्दोेलनका कार्यक्रम सार्बजनिक गर्ने भएको छ । सुनचाँदी कला व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवासायी संघको केहीबेरमा बस्ने संयुक्त बैठकले आन्दोलनका कार्याक्रम सार्बजनिक गर्ने बताएको छ ।
आन्दोलनका कार्यक्रम अनुसार विहान ११ बज घटनास्थल कपनबाट विरोध ¥याली निकाललिने नेपाल सुनचाँदी कला व्यवसायीसंघका अध्यक्ष रद्रबहादुर बराइलीले जानकारी दिनुभयो । त्यस्तै नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेज रत्न वज्राचार्यले सरकारले सुन चाँदी व्यवसायीको सुरक्षा गर्न नसकको आरोप लगाउनु भएको छ । पटक पटक सुन चाँदी व्यवसायीमाथि आक्रमण हुदा पनि सरकार गम्भीर नभएको हामीसँगको कुराकानीमा बताउनुभयो ।
उहाँले घटनाको निन्दा गर्दै व्यवसायीको सुरक्षाकालागि चरणबद्ध आन्दोलन पनि गर्ने जानकारी दिनुभयो । हिजो साँझ कपनमा रहेको माता मनकामना सुन चाँदी पसलमा लुटेराको गोली प्रहारबा हर्कबहादुर दियालेको ज्यान गएको थियो भने रोशन विक गम्भीर घाइते भएका छन । घाइते बिकको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।