Responsive Ad Slot

latest

माओबादी बैठक बस्दै , आन्तरीक एकताको प्रयास हुने

Saturday, December 24

/ by Admin BHOLA THAPA
काठमाडौ, पुस ९ गते ।
आन्तरिक बिबादमा फसेको एकिकृत नेकपा माओबादीको केन्द्रिय समितीको बैठक आज बस्दै छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाडामा दिउसो बस्ने बैठकमा अध्यक्ष प्रचण्डले बिबाद समाधानका लागी एकता प्रस्ताब ल्याउनुहुने भएको छ । करिब डेड महिनाअघि सुरु भई पटक पटक स्थगति हुदै आएको केन्द्रिय समिती बैठकमा उपाध्यक्ष मोहन बैद्य पक्षले अन्तरसंघर्ष चर्काउने तयारी गरिरहेका बेला प्रचण्डले तत्कालिन कार्ययोजना समेटिएको प्रस्ताब ल्याउन लाग्नुभएको हो ।बैद्य पक्षले आफ्नो असहमति रहेको दलहरुबिच भएको ७ बुदे सहमति , घर जग्गा फिर्ता , लडाकु समायोजन , बिप्पा सम्झौता लगाएतका १३ बुदे फरक प्रस्ताब दर्ता गराइसकेको छ ।

त्यसबाहेक बैद्य पक्षले दीर्घकालीन महत्वका केहि सैद्धान्तीक बिषयको समेत समीक्षा हुनुपर्ने अडान राखेको छ ।
आफ्ना प्रस्ताबमाथि छलफल नगरिए अध्यक्षको प्रस्ताबलाई चूनौति दिदै अर्को प्रस्ताब ल्याईने स्रोतले जनाएको छ । बैठक यसअघि चार पटक स्थगीत भईसकेको छ । यसअघि केन्द्रिय समिती बैठकमा आफ्नो पक्षको रणनिती तयार गर्न माओबादीको संस्थापन पक्ष र बेद्य पक्षले बिहानेदेखि छलफल गरिरहेका छन् ।
माओबादी पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले आन्तरीक एकताको हरसंभब प्रयास गरिने भन्दै यसका लागी माओबादीको दुबै पक्ष बसेर छलफल गरिने जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI