कठमाडौ पौष ९
नयाँ संविधानको बिबाद समाधान गर्न गठित विबाद समाधान उप समितिको बैठक आज बस्दै छ ।
संविधान सभाको सचिबालय सिंहदरबारमा केहीबेरमा बस्ने बैठकमा मिल्नबाँकी बिबादका वुदामा छलफल केन्द्रित हुने उपसमितका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
राज्यपुर्नर संरचना बाहेक मिश्रीत निर्बाचन प्रणाली , संवैधानिक अदालत गठन लागाएतका विषयमा सहमति जुटिसकेको छैन ।
माओबादीका अध्यक्ष प्रचण्ड नेतृत्वको उप समितले विबाद समाधान गदै बुदाहरुलाई कम गरेको छ । तर माओबादीकै अर्को समूह बैद्य पक्षको अडानका कारण उपसमितिमा सहमति भएका बुदाहरु संवैधानिक समितिले अनुमोदन गर्न सकेको छैन । उपसमितले यस अघि जग्गाको हदबन्दी , निर्बाचण प्रणाली , जनयुद्ध शव्द प्रयोग नगर्ने लगाएतका महत्वपुर्ण बुदामा सहमति जुटाएको थियो । तर समहति भइसकेका बुदा सवैधानिक समतिबाट अनुमोदन भइसकेका छैनन ।
जसले गर्दा आगामी १५ गते भित्र विबाद समाधान गरी सवैधानिक समितमा पठाउने र समतिले अनुमोदन गरी मस्यौदा तयार गर्न सचिबालयलार्य निर्देशन दिने कार्यतालिका प्रभावित हुने सम्भावना बढ्न थालेको छ ।