राजेन्द्र ठगुन्ना
डडेल्धुरा, ९ पुस ।
सरकारले खोप वर्षको सुरुवात गरिरहेका बेला बैतडीको उदयदेव र सर्माली गाविसमा दादुराको प्रकोप देखिएको छ । एक सातादेखी फैलिएको रोगकाकारण ३३ जना बालबालिका प्रभावित भएका छन । बालबालिकाहरुमा दादुराको संक्रमण बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । उदयदेव र सर्माली गाविसमा बालबालिकाहरुले कुनै पनि खोप नलगाएको देखिएकोले दादुराको प्रकोप देखिएको हो । दुवै गाविसका बालबालिकाहरुलाई माघ महिनाभित्र खोप लगाई सक्ने जनस्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख डा.गुणराज अवस्थीले जानकारी दिनुभयो ।