एजेन्सी,
पुस ९ गते ।
सीरियाको राजधानी दमाश्कमा भएको भएको आत्मघाति कार हमलामा ४४ जनाको ज्यान गएको छ ।
घटनामा सय भन्दा बढी घाइृते भएका छन् । अल कायदाका चरमपन्थीहरुले कफ्र सुसा इलाकामा पर्ने एक सुरक्षा निकायको निर्देशनालयमा आक्रमण गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।सिरीयामा गत मार्च महिनामा सुरु भएको प्रदर्शनमा पाँच हजार व्यक्तिको मृत्यु भएको र हजारौ प्रदर्शनकारी हिरासतमा रहेको संयुक्त राष्ट्रले जनाएको छ ।