Responsive Ad Slot

latest

‘नया“ संगठनको आवश्यकता’ I

Friday, December 23

/ by Admin BHOLA THAPA
सुमन बैरागी
काठमाण्ठौं पुस ८ - अन्तर्राष्ट्रिय आप्रवासी अलायन्स नेपाल र नेपाल श्रमिक संगठनद्वारा आप्रवासी श्रमिकहरुको पक्षमा ६ देशबाट सहभागी भएका आप्रवासी श्रमिकहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०११ सप्ताहब्यापी कार्यक्रमहरु गरी भब्य रुपले मनाईएको छ । ‘विश्वभरका आप्रवासीहरू साम्राज्यवाद विरुद्ध उठौं ! आप्रवासी तथा नागरिकमाथिको बस्तुकरण र आधुनिक दासता लगायतको आक्रमणहरूको बिरोध गरौं’ भन्ने मुल नाराकासाथ सम्पन्न भएको छ । १८ डिमसेम्बर(पुष ३) का दिन अनामनगर स्थित मिडिया ईन्टरनेशनलको हलमा बिशेष समारोहमा आप्रवासी सुनुवाई अन्तरक्रियात्मक कार्यक्रम गरी सम्पन्न गरियो । कार्यक्रमको उद्घाटन भने मलेसियामा कामको सिसिलामा हात गुमाएका श्रमिक डिक्रम राईले मैनबत्ती बालेर गरेका थिए ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा विश्वभरी विभिन्न ट्रेड युनियनहरुले अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइरहेका बेला नेपालमा पनि विभिन्न संघसंगठनहरुले आप्रवासी श्रमिकहरुको गुनासाहरुका बारेमा कार्यक्रम आयोजना गरेका थिए । अन्तर्राष्ट्रिय आप्रवासी अलायन्स नेपालद्वारा आयोजना भएको एक कार्यक्रममा अलायन्सका अध्यक्ष तुफानले श्रमिकहरुका बारेमा बोल्दै अहिलेसम्म सच्चा श्रमिकको पक्षमा कुनै पनि संघसंगठन नभएको भन्दै आप्रवासी श्रमिकहरुको नेतृत्व गर्ने नयाँ संगठनको आवश्यकता भएको बताएका थिए । तुफानले नेपालमा भएका ट्रेड युनियनहरुले श्रमिकका नाममा व्यापार गरेको आरोप लगाउँदै आप्रवासी श्रमिकहरुको हकअधिकारका बारेमा ध्यान नदिएको बताएका थिए ।

उक्त समारोहमा वैदेशिक रोजगार प्रवद्र्धन वोर्डकी निर्देशक गिरिदा शर्मा, अखिल नेपाल ट्रेड युनियन महासंघ विदेश विभागका प्रमुख तथा पूर्व उपाध्यक्ष बावुराम गौतम, नेपाल ट्रेड यूनियन काँग्रेस स्वतन्त्रका संयोजक खिला दाहाल, नेपाल जनप्रगतिशिल मञ्चका महासचिव हरिकृष्ण डोटेल, जनप्रगतिशिल मञ्च अन्तर्राष्ट्रिय मञ्चका राम पौड्याल, नेपाल सुकुम्बासी संघका हिमाल सिंह तामाङ, आप्रवासी सहकारी संस्थाका कोषध्यक्ष गोकर्ण पराजुली लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा साउदी अरबबाट जीवन राई, बुद्धि बराल, कतारबाट कमल दानकोटी, हेमराज पण्डित, कुवेतबाट नवराज शर्मा, सिजन तामाङ, मलेसियाबाट आनन्द जोशी, कुल बहादुर थापा, युएईबाट दिल बहादुर नेपाली, दिनेश काराखेती तथा भारतबाट सुमन थापा र सुवास अधिकारी लगायतका श्रमिक अगुवाहरुको प्रतिनिधित्व भएको थियो । आप्रवासी अलायन्स तथा नेपाल श्रमिक संगठनका अध्यक्ष रमेश तुफानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन बिनोद सुवेदी ‘बिरही’ले गरेका थिए । कार्यक्रममा श्रम साप्ताहिककी सम्पादक कोपिला गौतमले स्वागत गरेकी थिईन । समारोहमा फर्किएका आप्रवासी श्रमिकहरुले उत्पादन गरेको तरकारीहरुको खाजा तथा चियापान गराइएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI