Responsive Ad Slot

latest

माइक भाँच्नु बाध्यताः साह I

Friday, December 23

/ by Admin BHOLA THAPA
'क्षमा माग्दिन'

'मैले काम नभएको संसदमा भएको भत्ता दुई वर्षदेखि लिएको छैन, त्यसैबाट कटाए हुन्छ,' उनले भने, 'बाँकी पैसा सभामुखले लिए पनि हुन्छ ।'
काठमाडौं, पुस ८ - मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का निलम्बित सभासद् सञ्जयकुमार साहले संसद्को माइक भाँच्नु आफ्नो बाध्यता रहेको बताएका छन् । उनले यस विषयमा क्षमा नमाग्ने प्रष्ट पारे ।



रिपोर्टर्स क्लबको साक्षात्कारमा शुक्रबार सभासद् साहले एउटा जनप्रतिनिधिलाई विगत एक वर्षदेखि संसदमा जनताका आवाज बोल्न दिनबाट बञ्चित गर्नु सभामुखको 'सामान्ती सोच' भएको आरोप लगाए ।

उनले संसदमा मन्त्री कुटिनु, बजेट लुटिनु र विगतमा माइक भाचिँदा केही नबोल्ने सभामुखले आहिले आफ्नो आक्रोसमा कारबाही गरेर ठूलालाई काख राखेर सानालाई पाखा लगाउने ब्यवहार गरेको दावी गरे । 'ठूला दललाई बोल्न नदिने, म सानो, मधेसी भएको भनेर हेप्ने ?,' उनले भने, 'सभामुख अभिभावक हो । उसले पनि विभेद गर्ने ?'

साहले संसद्‌मा आफ्नो हैसियत पनि कुनै ठूला दलका शिर्ष नेता भन्दा कम नभएको दाबी गरे । 'ठूलालाई काखा र सानालाई पाखा लगाउने सभामुखको सामन्ती र विभेदकारी ब्यवहारको परकाष्टा हो, म भर्त्सना गर्दछु,' उनले भने । यद्यपि उनले माइक फुटेको घटनाको विषयमा आफू दुःखी भएको बताए ।

उनले संसारमा कहीँ पनि सभासद्लाई बोल्नबाट नरोकिने परम्परा बताउँदै सभामुखले जनताको आवाजलाई रोक्ने षडयन्त्र गरेको ठोकुवा गरे । सभासद् साहले सभासद्ले संसदमा बोल्न नपाउने ब्यवस्था कस्तो लोकतन्त्र भनि प्रश्न गर्दै आफू संसद्‌मै रहेर यस्ता सामान्त सोच विरुद्ध लडने घोषणा गरे ।

भाँचिएको माइक आफ्नो पारिश्रमिकबाट कटाउने सभामुखको निर्णयप्रति उनले व्यङ्ग्य गरे । 'मैले काम नभएको संसदमा भएको भत्ता दुई वर्षदेखि लिएको छैन, त्यसैबाट कटाए हुन्छ,' उनले भने, 'बाँकी पैसा सभामुखले लिए पनि हुन्छ ।'

उनले आफूले संसद बैठक अघि सभामुखलाई भेटेर आफूलाई बोल्न दिन आग्रह गरेको र संसदमा समेत हात उठाएर समय माग्दा समेत सबैलाई दिएर आफूलाई बोल्न नदिएकोले आक्रोसित हुनुको विकल्प नभएको दावी गरे ।

साहले आफूले आफ्नो निर्वाचन क्षेत्रका दुई जना मृत्यूको मुखमा पुगेको र दलित हत्याको विषयमा बोल्न समय मागेको जानकारी दिए । साहले आफूले हात उठाउँदा उठाउँदै ठूला दलका नेतालाई बोल्न दिएर विभेद गरेको पनि आरोप लगाए । कान्तिपुर


Don't Miss
© all rights reserved
made with by netKUTI