

तत्कालै लेबर्कोटमा मुद्दा दर्ता गरीने महामहिम राजदुत अर्जुन बहादुर थापासँग छलफल गरी आजबाट नै प्रक्रिया थालनी गरीने ईब्बाहीम अन्सारीले जाकारी गराउनु भयो । हामीले पनि तपाइहरुलाई सक्दो सहयोग गर्छौ राजदुताबाससीत हामी पनि अपिल गर्ने छौ हजुरहरुको समस्या चाडो भन्दा चाडो समाधान गर्न नेपाली समाज पनि लागि पर्ने अध्यक्ष कृष्ण ढकाल बताउनु भयो। खानाको ब्यबस्था इन्डियन केरेला सोसाइटीले गरेको नेपालीहरुलाई सहयोग गरेकोमा सोसाइटिका पर्तिनिधीहरुलाई धन्यबाद दिदै नेपाली जनप्रगतिशील मंच युएई अध्यक्ष साथै मजदुर मंच युएईका सल्लाहकार उत्तम अधिकारीले खबर पाउन ढिला भएको हो हजुरहरुको उद्दार चाडै हुनुपर्छ र हुन्छ भन्दै यो संबेदनशील विषय भएकोले युएईमा भएका सबै संघ संस्थाहरुलाई सहयोग गर्नको लागी यसै समाचारबाट हार्दिक अपिल गर्नु भएको छ साथै उत्तम अधिकारीले हामी नेपालीहरुलाई राजदुताबासप्रति पूर्ण बिश्वास रहेको जनाउनु भयो ।
एनआरएन यूएईका उपाध्यक्ष मनोज गोर्खाली नेपाल पठाउने पहल चाडै नै सुरु गर्नुपर्ने एनआरएन यूएईले पिडित नेपालीहरुलाई सहयोग गर्दै आएको र सदैब सहयोग गर्ने बताउनु भयो । उद्दारको लागी आएका नेपाली दुताबासका प्रतिनिधी, यूएईमा रहेका संघ सस्थाका पर्तिनिधिहरुले पिडित नेपालीहरुलाई सहयोग पुर्याउने बिदेशी संघ सस्थाका प्रतिनिधिहरुलाई भेटि समस्या र समाधानको बारेमा छलफल गर्नु भएको थियो । दुबईमा कम्पनीबाट पिडित भएका नेपाली मजदुरहरुलाई भेटने काम भएको छ पिडितहरु मातृभुमि जान पाइने र आफुले गरेको श्रमको ज्याला नेपाली दुताबास र संघ सस्थाका प्रतिनिधिहरुले दिलाइदिनु हुनेछ भन्नेमा पूर्ण आसबादी रहेका छन् ।