अनु खनाल
बर्दिबास
माघ १२
अबैद्य यौन धन्दा गर्ने ५ जनालाई गएराति इलाका प्रहरी कार्यालय बर्दिबासले एक होटलबाट प्रक्राउ गरेको छ ।
बिशेष सुराकिको आधारमा बर्दिबासको बेस्ट फास्ट फुड होटलबाट संचालक सहित ५ जनालाई प्रक्राउ गरीएको प्रहरीले जनाएको छ । २ महिला र २ पुरुष सहित होटल संचालकलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ गरीएका पाँचै जनालाई अहिले इलाका प्रहरी कार्यालय बर्दिबासमा राखि आवश्यक अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।